युवा फुटबल स्टार सन हिन्गमिनलाई भित्र्याउने तयारीमा बार्यन म्युनिख

दक्षिण कोरियाली फुटबल स्टार तथा टोट्टेनह्याम हट्सपरका फर्वाड सन हिन्गमिनलाई भित्र्याउनका लागि बार्यन म्युनिखले तयारी थालेको छ ।  स्पोर्टस् मेलले टोट्टेनह्याम र सनबीच २ लाख पाउन्ड लिनेगरी सहमति भएको समाचार खुलासा गरेको थियो, यद्यपि सिजनको अन्त्यतिर आइपुग्दा पनि यो सहमतिले सम्झौताको रुप लिएको छैन । र, फुटबल इन्साइडरकाअनुसार म्युनिखले अहिले सनलाई भित्र्याउने योजना बनाइरहेको छ । सनसँग ५ वर्षे सम्झौता गर्ने उसको तयारी छ, यस प्रस्तावअनुसार सनले टोट्टेनह्याममा पाएकोभन्दा धेरै तलब पाउनेछन् ।

२०१५ मा टोट्टेनह्याम आउनुअघि सनले जर्मन क्लब ह्याम्वर्ग र बायर लिभरकुसेनबाट खेलेका थिए । टोट्टेनह्यामसँग २८ वर्षे विंगरको सम्झौता सकिन अझै २ वर्षभन्दा धेरै समय बाँकी छ र प्रशिक्षक होसे माउरिन्हो यी विंगरसँगको सम्झौता थप हुनेमा आशावादी देखिएका छन् । यद्यपी, सम्झौतामा भने ढिलाई भइरहेको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE