यूईएफए नेसन्स लिग:इन्जुरी समयको गोलले जर्मनी र स्पेनको बराबरी

यूईएफए नेसन्स लिगको समूह चरणको पहिलो खेलमा स्पेन र जर्मनीले बराबरी खेलेका छन् । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा स्पेनी डिफेन्डर जोसे गायाले गोल गरेपछि स्पेन हारबाट जोगिएको हो । नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका हुन् । समूह डी दुबै टोलीले एक–एक अंक बाडेका हुन् ।

खेलमा चेल्सीका फरवार्ड टिमो वेर्नरको गोलमा जर्मनीले अग्रता बनाएको थियो । उनले खेलको ५१ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए । जर्मनीको अ्रग्रता अन्तिम मिनेटमा भने टिकेन ।

खेलको इन्ज्युरी समयमा जोसे गायाले गोल गर्दा स्पेन हालबाट जोगिएको थियो । आजको खेलमा स्पेनिस टोलीबाट बार्सिलोनाका युवा स्टार खेलाडी अन्सु फातीले पनि डेब्यू गरेका छन् । उनी दोस्रो हाफमा मैदान उत्रेका थिए ।

 

WRITE COMMENTS FOR THIS ARTICLE