यूईएफए नेसन्स लिग: पोर्चुगल र फ्रान्सको जितबिहीन बराबरी…

विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले नेशन्स लिगमा जित निकाल्न सकेनन्। केलियन एमबाप्पे र क्रिष्टियानो रोनाल्डो आइतबार राति भएको खेलमा गोल गर्न असफल भए । घरेलु मैदानमा भएको खेलमा विश्व विजेता फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगलले गोलरहित बराबरी खेलेका हुन् । समूह ए थ्री मा रहेका यी दुई टिमको खेलमा गोल गर्ने प्रयास दुवै तर्फबाट भएको थियो । तर सफल कोही पनि हुन सकेनन् । सन् २०१६ को युरोकपमा जित निकालेको मैदानमा यसपटक भने फ्रान्सलाई पराजित गर्न सकेन ।

३५ वर्षे रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको खातामा १०१ गोलमा अर्को गोल जोड्न सकेनन् । २१ वर्षका एमबाप्पेले गोल गर्ने राम्रा मौका बनाए र त्यसमा आफ्नो खेल कौशल प्रदर्शन गरे । तर गोल गर्न भने सकेनन् । यस्तै राष्ट्रिय टिमबाट ४२ गोल गरेका ओलिभर जिरउडले पनि गोल गर्न सकेनन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE