यूईएफए नेसन्स लिग: बेल्जियममाथि इंग्ल्यान्डको जित…

युइएए नेसन्स लिग अन्तर्गत इङल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इङल्याण्डले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । इङल्याण्डको जितमा मासन माउन्ट र मार्कस राशफोर्डएल एक एक गोल गरेका थिए । त्यस्तै बेल्जियमका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

यो जितपछि इङल्याण्डले समुह २ मा ३ खेलमा ७ अंक जोडेर शिर्ष स्थानमा पुगेको छ भने बेल्जियमको ३ खेलमा ६ अंक रहेको छ । अब इङल्याण्डले नेसन्स लिग अन्तर्गत अर्को खेल आगामी बुधबार डेनमार्कसँग खेल्ने छ भने बेल्जियमले बुधबार नै आइसल्याण्डविरुद्ध खेल्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE