यूईएफए नेसन्स लिग: रोनाल्डोबिनाको पोर्चुगलको स्वीडेनमाथि सानदार जित…

साविक विजेता पोर्चुगलले स्वीडेनमाथि नेसन्स लिगमा ३–० को सानदार जित हात पारेको छ। कोरोनाभाइरसको संक्रमणका कारण आइसोलेसनमा रहेका कप्तान क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रिएको पोर्चुगललका लागि बेर्नाडो सिल्भाले एक तथा डियगो जोटाले दुई गोल गरे।

लिस्बेनमा २१औं मिनेटमा सिल्भाले पोर्चुगललाई अग्रता दिलाएका थिए। यस्तै जोटाले ४४ र ७२औं मिनेटमा दुई गोल थपे। जितसँगै लिगको समूह ए थ्रीमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ ।

अर्को खेलमा विश्व  च्याम्पियन फ्रान्सले क्रोएसियाविरुद्धको अपराजित यात्रालाई आठ खेलसम्म निरन्तर राख्दै बुधबार यूईएफए नेसन्स लिगमा २–१ को जित निकालेको छ । खेलमा केयलिन एमबापले निर्णायक गोल गरे । यससँगै फ्रान्स समूह ‘थ्री’ को दोस्रो स्थानमा रह्यो । फ्रान्सको चार खेलबाट १० अंक भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE