यूईएफए सुपर कप फाइनल: बायर्न म्युनिख र सेभिल्ला भिड्दै…

यूईएफए सुपर कपको उपाधिका लागि आज (बिहीबार) जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभिल्ला भिड्दै छन् । खेल हंगेरीको पुस्कास एरिनामा नेपाली समयअनुसार राती १२:४५ बजे सुरु हुनेछ ।

सुपर कपको उपाधिका लागि बायर्न च्याम्पियन्स लिगको विजेता र सेभिल्ला युरोपा लिगको विजेताको हैसियाले भिड्न लागेका हुन् । गत सिजनमा दुई घरेलु उपाधि र च्याम्पियन्स लिग ट्रफी जित्दै आत्मविश्वास बनेको बायर्न सुपर कपको उपाधि पनि जित्न चाहन्छ । तर, सेभिल्लाका प्रशिक्षक जुलियन लोपेटुइकी च्याम्पियन्स लिग विजेता बायर्नको सामना गर्न तयार छन् ।

बायर्नका कप्तान मनुएल न्युयरले आफू सेभिल्लाको सामना गर्न तयार रहेको बताएका छन् । “हाम्रो दृष्टि खेलमा छ । हामी हेर्नेछौं कि मैदानमा कस्तो हुनेछ,” उनले भने, “हामी फुटबल खेल्न यहाँ आएका छौं । त्यसैले हाम्रो लक्ष्य छ, यूईएफए सुपर कपको उपाधि जित्ने छौं ।”

बायर्नले च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च लिग वान च्याम्पियन पीएसजीलाई पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा बायर्नले पीएसजीलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

यता सेभिल्लाले भने युरोपा लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ ले पराजित गर्दै उपाधि जितेको थियो । सेभिल्ला युरोपा लिगको सर्वाधिक उवाधि जित्ने टोलीसमेत हो । सेभिल्लाले सर्वाधिक १३औं पटक युरोपा लिगको उपाधि जितेको थियो ।

पछिल्लोपटक यी दुई टोली आमने-सामने हुँदा बायर्न बलियो देखिएको छ । च्याम्पियन्स लिग २०१८ मा भएको भेटमा पहिलो खेलमा बायर्न २-१ गोलले विजयी भएको थियो भने दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE