यूवाहरुको आर्थिक सहयोगमा सिद्धलेक ७ मा राहत वितरण (हेर्नुहोस् तस्विरमा)

धादिङ, सिद्धलेक ७ आदमटारका यूवाहरुको पहलकदमीमा सो वडाको निम्‍न आय भएका व्यक्तिहरुलाई सहयोग स्वरुप खाद्य सामग्री वितरण गरिएको छ । आदमटारका यूवाहरुले विदेशी भुमिमा आफूले मेहनत गरेर कमाएको केहि बचत रकम सहयोग गरेका छन्।

रोजगारीको सिलसिलामा बाहिर बसेर आएका यूवा र हाल विदेशी कर्मभुमिमा रहेका यूवाहरुको आर्थिक सहयोगमा वडाका १२० घर धुरीलाई खाद्य सामग्री प्रदान गरिएको हो । वडा ७ को आदमटार, पिपलटार, भालडाँडा, पोखरी, सेराबेसी लगाएतका गाँउहरुमा खाद्य सामग्री वितरण गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्‍त्रण र रोकथामका लागि आह्ववान गरीएको लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको हो। दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्नुपर्ने मजदुर तथा विपन्‍न समुदायका मानिसहरुलाई राहत वितरण गरिएको छ।

प्रति घर धुरी एक बोरा चामल, २ किलो किलो दाल, २ पोका नुन र २ लिटर तेल वितरण गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE