यो वर्षको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अनलाइनमा हुने

 

यो वर्षको नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको संस्करण अनलाइनबाट हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै प्रदर्शनको तयारीमा रहेको फेस्टिभल अनलाइन माध्यमबाट गर्ने निर्णय भएको हो । सरकारको निर्देशनअनुसार नै सम्पूर्ण मापदण्ड अपनाएर फेस्टिभलको उद्घाटन गर्ने फेस्टिभल आयोजकले जनाएको छ ।

फेस्टिभलमा सहभागी चलचित्रलाई अनलाइनका विभिन्न माध्यमबाट अझैं प्रभावकारी रुपमा देखाइने ‘निफ’का अध्यक्ष केपी पाठकले जानकारी गराए ।

फेस्टिभलमा यो वर्ष पनि विभिन्न सत्रमा बहस सञ्चालन हुनेछन् । विषयगत बहसका सहभागीहरुलाई पनि अनलाइन मार्फत नै जोडिनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE