“यो वर्षको अन्त्यसम्म मसँग केही कुरा स्पष्ट छैन । म सिजनको अन्त्यको लागि कुर्नेछु”: मेस्सी

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले जारी सिजनको अन्त्यसम्म अन्य कुनै पनि क्लबमा कुरा नगर्ने बताएका छन् । क्याटलान क्लबसँग मेसीको सम्झौता २०२०/२१ को सिजनको अन्त्यमा सकिँदैछ । मेस्सीले बार्सिलोना आफ्नो जीवन रहेको र उत्कृष्ट तरिकाले क्लब छाड् चाहेको समेत बताएका छन् । मेस्सीको स्तातरणतरणको कुनै सम्भावनाको बारेमा थाहा पाउनस कम्तीमा सिजनको अन्त्यसम्म कुर्नुपर्नेछ ।

‘यो वर्षको अन्त्यसम्म मसँग केही कुरा स्पष्ट छैन । म सिजनको अन्त्यको लागि कुर्नेछु,’ मेस्सीले ला सेक्टासँगको अन्तरवार्तामा भनेका छन् , ‘महत्वपूर्ण कुरा भनेको टिमको बारेमा सोच्नु, वर्ष समाप्त गर्नु, ट्रफी जितन प्रयास गर्नु हो र अन्य चीजहरूबाट अलमलिनु हुँदैन ।’

मेस्सीले पछि के हुन्छ थाहा नभएको बताए । ‘मलाई के हुँदैछ थाहा छैन, म हामीसँग के छ त्यसमा केन्द्रित गर्दैछु, र अबको ६ महिनामा के गर्न सकिन्छ भन्नेमा केन्द्रित छ । म वर्ष कसरी अन्त्य हुन्छ भनेर सोच्दिन किनकी अहिले यो कुरा भन्नु मेरो लागि राम्रो हुने छैन किनकी मलाई थाहा छैन,’ मेसीले भने, ‘मलाई थाहा छैन यदी म छोड्ने छु कि छाड्दिन भने । यदि मैले छाडे भने म उत्तम तरिकाले छोड्न चाहान्छु ।’

WRITE COMMENTS FOR THIS ARTICLE