यो सिजन हाजार्डबाट उत्कृष्ट प्रदर्शन हुनेमा रियल आशावादी…

चेल्सीमा रहँदा जति बेला उनी फर्ममा त्यति बेला उनलाई विश्वकै उत्कृष्ट पाँच उत्कृष्ट फुटबलरमध्ये एक मानिन्थ्यो । त्यसैका आधारमा रियलले गत सिजन बेल्जियन फरवार्डलाई भित्राएको थियो । चोटका कारण हाजार्डमाथि केहि सहानुभुती पनि रह्यो । अब नयाँ सिजनमा भने उनीबाट बढी नै आशा गरिनेछ । उनी आफैं पनि पक्कै पनि उत्कृष्ट प्रदर्शनका लागि दबाबमा हुनेछन् । उनले नयाँ सिजनका लागि बढी नै मेहनत गर्नुपर्ने हुन्छ ।

क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्ट्स पुगेपछि उनको अभावलाई कमी गर्ने लक्ष्यका साथ रियलले हाजार्डलाई लिएको थियो । तर, त्यस्तो केहि भएन । उनले नत सोचे जस्तो प्रदर्शन गरे, न त उनलाई चोटले त्यो अनुमति थियो । गत सिजन उनले २२ खेल मात्र खेल्न सम्भव भयो । त्यसमा १ गोल गरेका उनले ७ गोलमा एसिस्ट गरेका थिए । चेल्सीमा जसरी उनले उच्च प्रदर्शन गरेका थिए, रियलमा पनि उनीबाट समर्थकले त्यस्तै अपेक्षा गर्नेछन् ।

यदि नयाँ सिजनमा पनि उनले आफ्नो स्तर प्रमाणित गर्न सकेनन् भने काकाको अर्को रुप हुने खतरा छ । ब्राजिलियन मिडफिल्डर काका सन् २००९ मा मोटो रकममा रियल आएका थिए । एसी मिलानमा रहँदा ब्यलोन डि अर जितेका उनले रियलमा भने बिर्सनलायक प्रदर्शन गरे । चोट र प्रदर्शन गर्नैपर्ने दबाबले उनले खेल्न सकेनन् । उनको स्थान पछि युवा ओजिलले लिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE