गणेशमान सिंह बहुमुखी क्याम्पसमा तालाबन्दी: विद्यार्थीको भविष्य अन्योलमा, क्याम्पस प्रशासन मौन

काठमाण्डौं। क्याम्पसलाई पारदर्शि ढंगबाटचलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले काठमाडौं कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् ।

क्याम्पस प्रमुखमार्फत क्याम्पस सञ्चालक (व्यवस्थापन) समितिलाई असोज ९ गते आफुहरुले बुझाएको ज्ञापनपत्रलाई बेवास्ता गरिएको भन्दै उनीहरुले असोज १३ गतेदेखि क्याम्पसमा तालालगाएका छन् ।

संचालक समितिले गरेको निर्णय खारेज गर्नुपर्ने, शुल्क वृद्धि गरि असुल गरिएको शुल्कको यथार्थता सार्वजजिक गर्नुपर्ने, शुल्क वृद्धि सम्बन्धि भ्रम फैलाउने व्यक्ति सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेको भन्दै आन्दोलनको नेतृत्व गरिरहेका मध्येका एक विद्यार्थी माधवकुमार नेपालले बताए ।

यसअघिगतपुष २८ गते पेश गरेको ७बुदे मागका सम्बन्धमापनिप्रशासनमौन रहेको प्रतिआफुहरुकोआपत्ति रहेको उनले बताए ।

विद्यार्थीहरुसंगै प्राध्यापकहरु पनिआन्दोलनमाउत्रिएकाछन् । उनीहरुले आफूहरुका माग सम्वोधन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

पब्लिक क्याम्पस प्राध्यापक संघ, गणेशमान सिंह बहुमुखी क्याम्पस इकाई समितिकाअध्यक्ष रवी खनालले विज्ञप्ती जारी गरि आफूहरुको सहमति बिपरित क्याम्पसकाअध्यापनरत प्राध्यापकमध्ये सबैभन्दा कनिष्ट प्राध्यापकलाई सहायक क्याम्पस प्रमुख नियुक्ति गरेको प्रति आपत्ति जनाउदै उक्त नियुक्ति यथासिघ्र सच्याउन माग गरेको छ । उनले उक्त नियुक्ति आफुहरुलाई मान्य नहुने पनि बताए ।

आफुहरुका माग सम्वोधन नभएसम्मअनलाइन कक्षा संचालन गर्न नसकिने समेत खनालले बताए । क्याम्पसलाई पारदर्शी, विधि र विधान अनुरुप संचालन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएपनि सुनुवाई नभएको उनले बताए । उनले आफूहरु त्रिवि, अख्तियार लगायतका निकाय गुहार्ने चरणमा पुगेका पनि बताए ।

२०६४ सालमा लौहपुरुष गणेशमान सिंहको नाममा स्थापना गरिएको सामुदायिक क्याम्पसमाआफू आएदेखि यस्तो भद्रगोल नदेखेको स्थापनाकाल देखि अध्यापन गर्दै आएका एक प्राध्यापकले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE