राप्रपाको पहलमा अलपत्र परेकाको उद्धार

नेपाल भारत सुनौली नाकामा अलपत्र परेकालाई उद्धार गरिएको छ ।
तीन हप्ताभन्दा बढि उक्त नाकामा अलपत्र परेका सिन्धुपाल्चोक मेलम्ची गापा वडा – ४ निवासी इन्द्र बहादुर तामाङ, मुर्बु तामाङ, मारलामा तामाङ र जीवन तामाङलाई सोही नाकाबाट राप्रपाका केन्द्रिय सदस्य ताहिर अलीको पहलमा उद्धार गरिरएकाे हाे ।
बिगत लामो समय देखि रोजगारीको सिलसिलामा भारतमा रहेका उनीहरु लकडाउनका कारण सुनौली नाकामा अलपत्र परेका थिए ।
उद्धार गरिएका चार जनालाई सिन्धुपाल्चोक मेलम्चि नगरपालिकाका वडा – ४ का अध्यक्ष दमाई सिहं तामाङ को सहयोगमा समन्वय गरी क्वारेन्टाइनमा राखिएको छ ।
राप्रपा पार्टी निकट राप्रमस कि महासचिव कुमारी तामाङको पहल कदमीमा उक्त उद्धार कार्य भएको केन्द्रीय सदस्य एवम् युवक संगठन अध्यक्ष फणि राज लोहनीले बताए । महासचिव तामाङ पनि सिन्धुपाल्चाेक निवासी हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE