राप्रपा पार्टीको ३१औ स्थापना दिवस सप्पन्न

राप्रपा पार्टी ले राष्ट्रियता, प्रजातन्त्र र उदारबादको बैचारिक छाता भित्र रहेर नेपाली जनता को स्वाभिमान, सम्पन्नता र राष्ट्रिय एकताको संरक्षण प्रबर्धनमा प्रतिबद्ध रहेको उद्घोष सहित स्थापना दिवस मनाएको छ । आफ्नो केन्द्रीय कार्यालय, चावहिलमा ३१ औं स्थापना दिवस मनाएको हो ।

मजदुर, महिला, युवक, विद्यार्थी तथा किसान संगठन लगायत राप्रपा सम्वद्ध जनवर्गीय संगठनहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले राप्रपाका संस्थापक नेता तथा शहिदहरूप्रति सम्मान र श्रद्धान्जली अर्पण गरेका थिए ।
राष्ट्र निर्माण को महान यात्रामा समय-समय मा पार्टीबाट देखिएका कमजोरी र ति कमजोरीबाट शिक्षा लिएर नेपाल र नेपाली को हक , अधिकार, आत्मसम्मान र सम्पन्नता को लक्ष्य प्रति सदा कटिबद्ध हुने छ्लफल सहित कार्यक्रम सप्पन्न भएको हो ।

पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेर आरम्भ भएको कार्यक्रममा लालकुमार लामा, विजयकला राई, प्रेम बलायर, पदम तामाङ, राजु लोहनी, धनसुर शाही, कुमारी तामाङ लगायतका युवा नेताहरूले मन्तव्य राखेका थिए ।

नेपाललाई राजसंस्था सहित को प्रजातन्त्र र सर्ब धर्म सापेक्ष्य हिन्दु राष्ट्रको जगमा अडेको सबल, सुरक्षित , सम्बृद्ध, र न्याय पूर्ण राष्ट्र तथा उज्यालो तारा को रुप मा बिस्व समुदायमा उभ्याउने लक्ष्य राख्दै, यो महान अभियान मा समर्पित हुन पार्टीका सबै कार्यकर्ता, सुभचिन्तक तथा आम जनतामा अनुरोध गरेका छौं । पार्टीका केन्द्रिय सदस्य एवम् युवक संगठनका अध्यक्ष फणीराज लोहनी (राजु)ले हिमाल दर्पणसँग को कुराकानीमा बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE