राप्रपा संयुक्तको जनकपुर –लुम्विनी धार्मिक यात्राको रथलाई विभिन्न ठाँउमा भव्य स्वागत

काठमाडौं – जनकपुर लुम्विनी धार्मिक रथ यात्राको सहभागी बनौ नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम गरौ भन्दै राप्रपा संयुक्तको आयोजनामा यहि कार्तिक २८ गते जनकपुरबाट सुरु भएको जनकपुर –लुम्विनी धार्मिक यात्राको रथलाई विभिन्न ठाँउमा भव्य स्वागत भएको छ । यो राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनताको मन जित्ने सुनौलो अवसर पनि हो साथै र जनताको पिर ब्यथा गुनासो सुन्ने पनि समय हो । यो राप्रापा संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा लाई जनताले पनि साथ दिने देखिन्छ ।

जानकी मन्दिर परिसरबाट राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा। प्रकाश चन्द्र लोहोनीले यात्राको समुद्घाटन गरेका हुन ।यो यात्रा विभिन्न सहर–बस्ती र मठ मन्दिरमा पुग्दै नेपालीको धार्मिक र सांस्कृतिक पहिचान तथा आत्म सम्मानको जनस्तरमा पुगेर जगेर्ना गर्नेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त को‘जनकपुर–लुम्विनी धार्मिक यात्रा’प्रारम्भ भएको आज पाँचौ दिन हो । आज हेटौडामा कोणा सभा र विश्रम चितवनमा हुनेछ ।

हिन्दु राष्ट्रको पक्षमा जनमता सृजना गर्न सुरु भएको रथयात्राको टोली आइतबार हेटौडा र भरतपुरमा कोणसभा गर्नेछ । नारायणी नदी किनारमा आरती समेत गरिने जनाइएको छ । यात्राको राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा। प्रकाश चन्द्र लोहनीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । मसिंर २ गते कावासोतीमा कोणसभा र वाल्मिकी आश्रमको दर्शन, मंसिर –३ गते रामग्राम नवलपरासीमा र भैरहवामा कोणसभा हुनेछ । यस्तै मंसीर –४ गते शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गरिने जनाइएको छ ।

सो धार्मिक यात्रामा राप्रपा संयुक्तका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती साथै केन्द्रिय प्रवक्ताहरुको पनि सहभागीता छ। यस्तै मंसीर –४ गते शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना सहित पहिलो चरणको धार्मिक यात्राको समापन गर्ने कार्यक्रम राप्रपा संयुक्तले गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE