राप्रपा संयुक्तको धार्मिक यात्राको टोली चितवनमा ,हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी

चितवन,मंशिर १ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने दाबी गर्नुभएको छ । पार्टीको जनकपुर–लुम्बिनी धार्मिक यात्राको अवसरमा आज यहाँ आयोजित कोणसभामा उहाँले सनातन हिन्दू धर्मले मात्रै सम्पूर्ण मानवजातिको कल्याण गर्न सक्ने बताउनुभयो ।
विसं २०६२÷६३ को जनआन्दोलनपछि चोरबाटोबाट देशलाई धर्मनिरपेक्ष घोषणा गरिएको दाबी अध्यक्ष राणाको थियो । पार्टीको धार्मिक यात्रामा देखिएको जनलहरबाट आफू उत्साहित भएको उहाँले बताउनुभयो । पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले ८० प्रतिशत ओमकार समुदाय बसोबास गरेको देशलाई कुनै पनि दृष्टिले धर्मनिरपेक्ष भन्न नमिल्ने तर्क राख्नुभयो ।

धार्मिक यात्राको क्रममा आम सर्वसाधारणको हिन्दू धर्मप्रतिको आकर्षण प्रष्ट देखिएको पाण्डेको धारणा थियो । भरतपुरमा भएको कोणसभा सकिएसँगै नारायणी नदीमा आरतीमा यात्राको समूह सहभागी भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE