राप्रपा संयुक्तद्धावरा आयोजना गरिएको जानकी–बुद्ध रथ यात्राको आज समापन हुँदै

जनकपुर लुम्विनी धार्मिक रथ यात्राको सहभागी बनौ नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र कायम गरौ भन्दै राप्रपा संयुक्तको आयोजनामा यहि कार्तिक २८ गते जनकपुरबाट सुरु भएको जनकपुर –लुम्विनी धार्मिक यात्रा जानकी मन्दिर परिसर बाट राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाश चन्द्र लोहोनी बाट उदघाटन भई विभिन्न ठाँउको भव्य स्वागत ग्रहण गर्दै आज शान्तिका अग्रदुत भगवान गौतम बुद्धको पवित्र जन्मभुमि लुम्विनीमा पुजा अर्चना र सभा सहितको पहिलो चरणको धार्मिक यात्राको समापन हुँदैछ ।

यात्राका क्रममा सर्लाहीको मलंगवा, रौतहटको गौरमा कोणसभा भएको थियो । कार्तिक ३० गते गढीमाई दर्शन,कलैया बारामा कोण सभा, मसिंर १ गते हेटौडा र भरतपुरमा कोण सभा र साँझ नारायणी नदीमा आरती गरिएको थियो । रथ यात्राका क्रममा आम सर्वसाधारणको उत्साहपूर्ण सहभागिताले आफ्नो एजेण्डा सहि भएको अनुभूति भएको राप्रपा संयुक्तका नेताहरुले बताएका छन् ।

यो धार्मिक यात्रा विभिन्न सहर–बस्ती र मठ मन्दिरमा पुग्दै नेपालीको धार्मिक र सांस्कृतिक पहिचान तथा आत्म सम्मान गर्दै जनस्तरमा पुगेर जगेर्ना गरेको थियो । राप्रपा संयुक्तले सबै धर्म प्रति सम्मान गर्दै हिन्दु–बौद्ध धर्मको श्रोत र समिश्रण स्थलको रुपमा रहेको हिमवत खण्ड वैदीक सनातन धर्म प्रति प्रतिवद्धता जनाएको छ छ । यो यथार्थता पार्टीको पहिचान हो र यसलाई जनस्तरमा पु¥याउन राप्रपा संयुक्तको कर्तव्य थियो ।
यो राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको जनताको मन जित्ने सुनौलो अवसर पनि थियो साथै जनताको पिर ब्यथा गुनासो सुन्ने समय पनि थियो । यो राप्रापा संयुक्तको जनकपुर–लुम्विनी धार्मिक यात्रा लाई जनताले पनि साथ दिएको देखिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE