राप्रपा संयूक्तको सप्ताह व्यापी रथ यात्रा हुने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयूक्तको प्रदेश नं. २ मा भएको तयारी भेलाले आगामी कार्तिक २८ गते देखि रथ यात्रा प्रारम्भ गर्ने भएको छ। रथ यात्रा एक हप्ता सम्म जारी रहने छ। जनकपुरको जानकी मन्दिरबाट सुरुवात हुने रथ यात्रा बुद्ध भुमि लुम्बिनीमा समापन हुने भएको छ। सनातन हिन्दु धर्म संरक्षण तथा सनातन हिन्दु रास्ट्र स्थापितका निम्ती सो रथ यात्रा प्रारम्भ हुन लागेको  कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी संयूक्तका केन्द्रिय सदस्य एवम् राष्ट्रिय प्रजातान्त्रिक युवक संघठन संयुक्त का केन्द्रिय अध्यक्ष फणि राज लोहनी ‘राजु’  ले हिमाल दर्पणलाई बताउनु भएको छ।

सो यात्रामा राप्रपा संयुक्तका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणा लगायत पार्टीका अधिकांस नेताहरु सहभागी बन्ने छन् । सो यात्रामा दैनिक १० हजार व्यक्ती सहभागी बन्ने अपेक्षा आयोजकको छ । सो यात्रालाई सफल बनाउन सनातन हिन्दु धर्म जागरणले विभिन्न व्यक्तिहरुसँग पनि छलफल गरिरहेको छ । यही क्रममा जनकपुरमा प्रदेशस्तरीय बैठक बसेको हो । सनातन हिन्दु धर्म जागरणका संयोजक रामचन्द्र रायको अध्यक्षतामा सो भेला सम्पन्न भएको थियो ।

 

 

उक्त तयारी भेला लाइ पार्टीका उच्च कार्य सम्पादन सदस्य तथा पार्टीका सचिवालय प्रमुख धुर्ब्र बहादुर प्रधान , उच्च कार्य सम्पादन सदस्य तथा केन्द्रीय आर्थिक कमिटीका प्रमुख श्याम तिमिल्सिना , उच्च कार्य सम्पादन सदस्य रामप्रसाद शाह भोला, उच्च कार्य सम्पादन सदस्य भरत गिरी एवम्  महिला सघं की प्रमुख तथा पार्टी केन्द्रिय सदस्य बिजय कला राई लगाएतले सम्बोधन गर्नु भएको थियो।

 

 

उक्त भेला लाइ सम्बोधन गर्ने क्रममा फणि राज लोहनी ‘राजु’  ले “सम्पूर्ण राष्ट्रवादी यूवाहरु सनातन हिन्दु धर्म जोगाउन एकजुट भएर लाग्नुपर्ने बताए । उनले देशमा बढ्दै गएको क्रिश्चियन संस्कृतिले नेपालको सनातनी धर्म र संस्कृति लोप हुने खतरा रहेकाले पनि यसको संरक्षण गर्न जरुरी रहेको बताए । साथै सबै राष्ट्रवादी हरु एकजुट नबनेसम्म देशले नयाँ गति लिन नसक्ने बताए । उनले देश विकासमा लाग्न युवाहरुलाई आग्रह पनि गरे । ”

WRITE COMMENTS FOR THIS ARTICLE