राप्रपा (सयुंक्त) अध्यक्ष डा. लोहनी स्वदेश फिर्ता

करिव एक महिना लामो संयुक्तराज्य अमेरिका को भ्रमण सकेर अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आज स्वदेस फर्कनु भयको छ । त्यहाँ रहदा उहांँले प्रवासि एकता समाज ले वुझायक‍ो स्मरण पत्र ग्रहण गर्दै भेला लाइ सम्वोधोन गर्नु भएको थियो ।

विमानस्थलमा उहांँले सरकारको हालै को कार्यको टिप्पणी गर्दै अनावश्यक रुपमा प्रदेश प्रमुख परिवर्तन गरेर सरकार ले दम्व देखाएको र सरकार कानुनि राज्य कायम गराउन असफल भयको भन्दै दण्डहिनता वढदै जानु चिन्ताको विषय भयको वताउनु भयो ।

अर्को प्रसंगमा मंसिर १४ मा हुने उपचुनाव मा  आफुहरुले सवै रिक्त स्थानमा उम्मेदवारी दिनुका साथै कार्तिक २८ देखि मंसिर ४ सम्म जनकपुर लुम्बिनी धार्मिक यात्रा लाइ सफल वनाउन सवैमा अनुरोध गर्दै यो यात्रा पछि आफुहरु ले हिन्दुराष्ट्र स्थापना को लागि ससक्त आन्दोलन गर्ने वताउनु भयो।

आजै पुर्व मन्त्री एवं राप्रपा(संयुक्त)का उच्च कार्य सम्पादन सदस्य सुनिलवाहादुर थापा पनि अमेरिका भ्रमण वाट स्वदेस फर्कनु भयको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE