राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का, गणतन्त्र अर्जेन्टिना, बहराइन अधिराज्य र प्रजातान्त्रिक जनगणतन्त्र लाओसका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राष्ट्रपतिसमक्ष श्रीलङ्काका आवासीय राजदूत हिमाली सुभाषिनी डि सिल्भा अरुनतिलका, अर्जेन्टिना, बहराइन र लाओसका गैरआवासीय राजदूतहरू क्रमशः डानियल चुबुरु, अब्दुलरहमान मोहमद अहमद अल गौड र बौन्नेमी चौउनगोहमले आ–आफ्ना ओहोदाका प्रमाणपत्र पेश गर्नुभएको हो । समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गर्दै नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदुत हिमाली सुभाशिनी डि सिल्भा अरुनाटिलाका (Ms Himalee Subhashini de Silva Arunatilaka)
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गर्दै नेपालका लागि गणतन्त्र अर्जेन्टिनाका नवनियुक्त राजदुत दानिएल चुबुरु (Mr Daniel Chuburu)
राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र हस्तान्तरण गर्दै नेपालका लागि बहराइनका नवनियुक्त राजदुत अब्दुलरहमान मोहम्मेद अहमेद अल गाओद (Mr Abdulrahman Mohamed Ahmed al Gaoud)

WRITE COMMENTS FOR THIS ARTICLE