राष्ट्रपति सीलाई राष्ट्रपति भण्डारीद्वारा स्वागत [ फोटो फिचर ]

 

चीनका राष्ट्रपति सी चिनफिङको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरणपछि धावनमार्गमा देखिएको कारकेड ।

 

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
चीनका राष्ट्रपति सी चिनफिङको शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै उपराष्ट्रपति नन्दबहादुर पुन ।

चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । राष्ट्रपति भण्डारीको निमन्त्रणामा राष्ट्रपति सी दुई दिने नेपालको राजकीय भ्रमणमा आउनुभएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपस्थित बालबालिकाको स्वागत अविवादन ग्रहण गर्नुहुँदै । साथमा राष्ट्रपति विद्यादेवी भण्डारी ।

दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाको सम्मान गारत निरीक्षण गर्नुहुँदै ।

WRITE COMMENTS FOR THIS ARTICLE