राष्ट्रिय प्रजातान्तिक युवक संगठन (संयूक्त) को विरोध सभा

काठमाडौँ । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयूक्त)को भातृ संगठन राष्ट्रिय प्रजातान्तिक युवक संगठन (संयूक्त) ले विरोध सभा गरेको छ । ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै युवाहरुले  विरोध प्रदर्शन गरेका हुन् ।

‘कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ’ उनीहरुले भारतविरुद्ध चर्को नारा लगाउँदै विरोध गरेका थिए । ‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको रत्नपार्क स्थित शान्ति बाटिकामा राष्ट्रिय प्रजातान्तिक युवक संगठन (संयूक्त) प्रदर्शन गरेको हो । उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै नारा लगाएका थिए ।

विरोध सभाको सभापतित्व राष्ट्रिय प्रजातान्तिक युवक संगठन (संयूक्त) का अध्यक्ष फणिराज लोहनी (राजुु) ले गरेका थिए,  स्वागत मनतव्य युवक संगठनका उपाध्यक्ष शिव खनाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनशुर शाही , राष्ट्रिय प्रजातन्त्र पार्टी (संयूक्त) केन्द्रय प्रवक्ता जनकराज पाठक, प्रबक्ता किरण गिरि, उच्च कार्य सम्पादन सदस्य तारानाथ लुइटेल लगाएतको सम्बोधन रहेको थियो ।

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले आफ्नो आधिकारिक धारणा व्यक्त गर्नु भएको थियो । लिपुलेख-कालापानी देखि मेची- महाकाली भित्र को जग्गा नेपाल र नेपाली जनता को लाल पुर्जा हो । यस मा तल माथि हुन नदिनु नेपाल सरकार को प्रथम कर्तब्य हो भन्ने बुंदामा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को स्पस्ट धारणा रहेको छ । यस सन्दर्भ मा भारत सरकार ले प्रकाशित गरेको नक्सा मा देखिएको गल्ती बारे नेपाल सरकार ले अबिलम्ब मित्र राष्ट्र भारतको ध्यान आकर्षण गर्नु पर्दछ। यस बारे नेपाल को असहमति स्पस्ट गर्नु पर्दछ ।

भारतको नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE