राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

२९८ औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा पार्टीका उच्च कार्य सम्पादन सदस्य एवं पुर्व मन्त्री विक्रम पान्डे ज्यु को प्रमुख आतिथ्यमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले आज पार्टी केन्द्रीय कार्यालयमा रक्त दान कार्यक्रम को आयोजना गरेको छ । संगठन का अध्यक्ष राजु लोहनी ले जनाए अनुसार उत्साहपुर्ण ढंगले साथिहरु सहभागि भइ आजको कार्यक्रम सफल भयको छ । संगठनले यस्ता कार्यक्रम चरणवद्द गर्दै जाने समेत उहाले वताउनु भयो । रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिदै प्रमुख अतिथि पुर्वमन्त्री विक्रम पान्डे ज्यु ले प्रमाणपत्र वितरण गर्नु भयको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE