नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक कुवेतका अब्दुल्लाह अलमुताइरी बनेका छन्। यसअघि मुख्य प्रशिक्षक बालगोपाल महर्जन थिए। अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले अब्दुल्लाहलाई एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले मुख्य प्रशिक्षक बालगोपाल महर्जनको स्थानमा उनलाई नियुक्त गरेको हो । महर्जनले हालै नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाएका थिए ।

नेपालले विश्वकप छनोटअन्तर्गत तीन खेल खेल्न बाँकी छ। ती सबै खेल आगामी जुनमा कुवेतमा हुनेछन्। अब्दुल्लाहलाई नेपाल ल्याउन एन्फा र कतार फुटबल एसोसिएसनबीच सम्झौता भएको बताइएको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE