राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अभिषेक रिजाल अइजवाल एफसीमा आवद्ध…

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अभिषेक रिजालले क्लब परिवर्तन गरेका छन् । आई लिगमा मोहम्मेडन स्‍पोर्टिङबाट खेलिरहेका अभिषेक सोही लिगको अइजवाल एफसीतर्फ लागेका हुन् । जारी लिगमा छैठौँ स्थानमा रहेको मोहम्मेडनबाट अभिषेकले पाँचौँ स्थानमा रहेको अइजवालसँग अनुबन्धित हुने निर्णय सार्वजनिक गरे । सोमबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै अभिषेकले लिगमा बाँकी रहेका खेलहरु मिजोरमको क्लबबाट खेल्ने निर्णय सार्वजनिक गरेका हुन् । भारतीय फुटबलमा धेरै वर्ष शीर्ष श्रेणीका रुपमा रहेको आई लिगमा हाल छैठौँ चरणका खेलहरु भइरहेका छन् ।

अभिषेक बाहेक आइ लिगमा अन्य नेपाली खेलाडी पनि खेलिरहेका छन् । नेपाली टोलीका गोलरक्षक किरण चेमजोङ पन्जाब फुटबल क्लबबाट खेलिरहेका छन् भने मिडफिल्डर प्रकाश बुढाथोकी नेरोका एफसीसँग हालै आबद्ध भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE