राष्ट्रिय महिला फुटबल लिग: एपीएफको अपराजित यात्रा कायमै, साम्बाको ६ गोल…

राष्ट्रिय महिला फुटबल लिगअन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चन्द्रपुरमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चन्द्रपुरमाथि ८-० गोलअन्तरले जित निकालेको हो।

एपीएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गर्दा अनिता बस्नेतले दुई गोल गरिन्। एपीएफका लागि खेलको पहिलो मिनेटमै बस्नेतले अग्रता बनाएकी थिइन्। त्यस्तै ६ र ३२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दा पहिलो हाफमा एपीएफ ३ गोलले अघि रह्यो।

दोस्रो हाफमा साबित्राले ४ गोल थपिन्। ४७ औं मिनेटमा ह्याट्रिक पुर्‍याएकी उनले ६०, ६२ र ७९ मिनेटमा गोल गर्दै दोस्रो ह्याट्रिक पुरा गरिन्। जितसँगै शीर्ष स्थानको एपीएफले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लब भन्दा ५ अंकले अग्रता बनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE