राष्ट्रिय महिला लिग फुटबल : एपीएफको लगातार सातौं जित,साम्बाको ८ गोल…

राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम एपिएफ क्लबले फराकिलो जित निकालेको छ। एपिएफले चौदण्डीगढी नगरपालिकालाई १४-० गोलले हराएको हो। ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले फराकिलो अन्तरले हराएको हो। यसअघि पहिलो लेग खेलमा एपिएफले चौदण्डीगढीलाई २२–० गोलले हराएको थियो।

चौदण्डीगढीविरुद्धको दोस्रो खेलमा पनि सावित्रा भण्डारीले सर्वाधिक आठ गोल गरिन्। त्यस्तै, कप्तान अनिता बस्नेत र अनिता केसीले समान २–२ गोल गर्दा अनु लामा र रविना गोलेले १–१ गोल गरे। सावित्राले खेलको चौंथो, १८ र ३६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यस्तै, ४३, ५३ र ५६औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको ७२ र ८७औं मिनेटमा थप दुई गोल गरेकी थिइन्।

अनिता केसीले खेलको २४ र ४०औं मिनेटमा गोल गर्दा कप्तान अनिता बस्नेतले पहिलो हाफको अतिरिक्त समय र ६४औं मिनेटमा गोल गरेकी थिइन्। यता अनु लामाले ७६औं मिनेटमा गोल गर्दा रविनाले ७९औं मिनेटमा गोल गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE