राष्ट्रिय महिला लिग फुटबल: एपीएफको अपराजित यात्रा कायमै,वालिङ नगरपालिकामाथि ६–० गोल

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रा कायम राखेको छ । शनिबार भएको खेलमा वालिङ नगरपालिकालाई ६–० गोल अन्तरले हराउँदै एपीएफले जितको यात्रालाई कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ५ गोल गरिन् ।

यस्तै प्रिती राईको नाममा एक गोल रह्यो । यस जित एपीएफको लगातार नवौं जित हो । जितसँगै एपीएफले ९ खेलमा २७ अंक जोडेको छ । एपीएफ अपराजित रहने एक्लो टिम हो । वालिङ ९ खेलमा १४ अंक जोडेको छ । त्यस्तै शनिबार भएको अर्को खेलमा विराटनगर महानगरपालिकाले जित निकालेको छ ।

विराटनगरले चौदण्डीगढी नगरपालिकामाथि २–१ गोल अन्तरको जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन पार्वती घलेले दुई गोल गरिन् । चौदण्डीकी मनिता तामाङले एक गोल फर्काइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE