राष्ट्रिय महिला लिग फुटबल: त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफ लिग च्याम्पियन…

राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत एपीएफले अपराजित यात्रा कायम रहदै उपाधि चुमेको छ । शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफ अपराजित रहदै च्याम्पियन बनेको हो ।  उपाधिसँगै एपीएफले १५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ८ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले ५ लाख पाउँदा चौथो बनेको वालिङले ३ लाख प्राप्त गरेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा एपीएफलाई जित दिलाउन सुरु लिम्बुले दुई गोल गरिन् । अनिता केसीले एक गोल गरिन् । खेलको ४५ औं मिनेटमा सरुले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । उनले अनिता केसीको पासलाई सदुपयोग गरिन् । खेलको ८६ औं मिनेटमा अनिताले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाईन् । त्यसपछि खेलको इन्जुरी समयमा सरुले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाईन ।

 

WRITE COMMENTS FOR THIS ARTICLE