रियल म्याड्रिडका युवा मिडफिल्डर रोड्रिगो तीन महिना मैदान बाहिर रहने पक्का…

रियल म्याड्रिडका युवा मिडफिल्डर रोड्रिगो गोएस तीन महिना मैदान बाहिर रहने पक्का भएको छ । १९ वर्षीय रोड्रिगोले ग्रानडामाथि २–० को जित निकालेको खेलमा चोट बोकेका थिए । बुधबार राति भएको खेलमा ग्रानडाका डिमिट्रीले रोड्रिगोलाई फल गरेका थिए ।  उनले स्ट्रेचरबाट मैदान छोड्दा निकै चिच्याएका थिए । यसको अर्थ उनको चोट गम्भीर रहेको र उनी केही समय मैदान बाहिर रहने स्पष्ट बुझ्न सकिन्थ्यो ।

रोड्रिगोको चोटबारे रियल म्याड्रिडले आधिकारिक धारणा सार्वजनिक गर्दै उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताएका छन् । उनको चोटको परिक्षण गर्दा दाया खुट्टाको मांसपेशीको चोटले फेमोरिस ह्यामस्ट्रिङ मांसपेशीमा बढी असर गरेको उल्लेख छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE