रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गर्दै बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा…

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सुपरकोपा डी स्पानाको सेमिफाइनल खेलमा रियल सोसिडाडलाई पेनाल्टीमा पराजित गर्दै बार्सिलोना फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय र थपिएको समयमा १–१ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टीमा धकेलिएको थियो । जसमा ३–२ गोलको जित निकाल्दै बार्सिलोना उपाधि नजिक पुगेको हो ।

पेनाल्टीमा जानुअघि कप्तान लियोनल मेस्सीविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा सुरुआती अग्रता बनाएको थियो । ३९औं फ्रेन्की डी योङले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । यता ५१औं मिनेटमा मिकेल ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई बराबरीमा फर्काए । पेनाल्टीमा बार्सिलोनाका एन्टोइन ग्रिजम्यान र फ्रेन्की डी योङ चुकेका थिए भने सोसिडाडका तीन खेलाडी पनि पेनाल्टीमा चुके ।

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE