रोनाल्डिन्होलाई मेस्सीले भाबुक सन्देश: ‘रोनी म यो विश्वास गर्न सकिरहेको छैन, म सँग व्यक्त गर्नका लागि कुनै शब्द छैनन्’

बार्सिलोनाका पूर्व खेलाडी रोनाल्डिन्होलाई मेस्सीले भाबुक सन्देश पठाएका छन् । रोनाल्डीन्होकी आमा डोना मिगुइलीनाको ७१ वर्षको उमेरमा कोरोनाका कारण आइतबार निधन भएको एजेन्सीले बताएको छ । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्व टिममेट्स रोनाल्डीन्होलाई सान्त्वना सन्देश पठाएका छन् ।

‘रोनी म यो विश्वास गर्न सकिरहेको छैन, म सँग व्यक्त गर्नका लागि कुनै शब्द छैनन्’ ‘म तपाई र तपाईको परिवारलाई धैर्य धारण शक्तिको कामना गर्दछु, तपाईको दुःखमा सँधै साथमा छु’ कप्तान मेस्सीले सामाजिक सञ्जालमार्फत रोनाल्डीन्होलाई सन्देश पठाएका छन् । २००३ देखि २००८ सम्म मेस्सी र रोनाल्डीन्होले साथमा खेलेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE