रोनाल्डोको नयाँ रेकर्ड: पछिल्ला १२ सिजनमा कम्तीमा २० गोल गर्ने पहिलो खेलाडी…

सिरी ‘ए’ फुटबल अन्तर्गत साविक विजेता युभेन्ट्सले सेपेजियामाथि ३–० गोलको सहज जित निकालेको छ । यो जितका लागि रोनाल्डोले एक गोल गरे जुन सिजनको २० औं सिरी ए गोल हो । जितसँगै युभेन्ट्सले लिगको शीर्ष तीनमा आफूलाई बलियो बनाएको छ । लिगमा २४ खेल खेलेको युभेन्ट्सले ४९ अंक जोडेको छ ।  रोनाल्डो भने युरोपका ठूला पाँच लिगका पछिल्ला १२ सिजनमा प्रत्येकपल्ट कम्तीमा २० गोल गर्ने पहिलो खेलाडी भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE