रोनाल्डोले जर्जिना रोड्रिग्वेजलाई विवाहका लागि प्रस्ताव गरेको चर्चा…

अगष्ट २२ मा जर्जिनाले रोनाल्डोको सँगको फोटो सार्वजनिक गर्दै यस भन्दै गुलाफको फूलको इमोजी राखेकी थिइन् । त्यसको अर्थ मानिएको छ, सुपर स्टारले एउटा घुँडा टेकेर विवाहको प्रस्ताव राखेका थिए । केहि सञ्चारमाध्यमले जर्जिनाले आयोजना गरेको एक पार्टी सकिएको केहि समयपछि रोनाल्डोले प्रस्ताव गरेको बताएका छन् ।

त्यसै प्रस्ताव स्वीकार गरेपछि जर्जिनाले फोटो हालेको दाबी रहेको छ । यद्दपी दुवैले अहिले सम्म विवाहका विषयमा केहि बोलेका छैनन् । रोनाल्डो र जर्जिना लामो समयदेखि सँगै रहँदै आएका छन् ।

सन् २०१६ देखि सँगै रहेका यी दुईको सन् २०१७ मा छोरी एलाना मार्टिनाको जन्म भएको थियो । यी दुईको भेट रोनाल्डो रियल म्याड्रिडबाट खेल्दा म्याड्रिड सहरमा भएको थियो । रोनाल्डोको त्यसअघि मोडल इरिना शायकसँग ५ वर्ष प्रेम सम्बन्ध रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE