रोनाल्डोले प्रदान गरेको जर्सी सार्वजनिक गर्दै कामाभिंगा लेख्छन् : “म यो धुने छैन”

आइतबार राति भएको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलपश्चात पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले आफ्नो जर्सी युवा मिडफिल्डर कामाभिंगालाई प्रदान गरेको थियो । रोनाल्डोले पुरै ९० मिनेट मैदानमा बिताउँदा अन्तर्राष्ट्रिय ब्रेकको मैत्रीपुर्ण खेलमा युक्रेनविरुद्ध ७–१ को जित निकालेको खेलमा १७ वर्षीय कामाभिंगाले गोलर गरेपनि पोर्चुगलविरुद्धको खेलमा प्रशिक्षक डिडिएर डेसच्याम्प्सको रोजाईमा परेनन् ।

सन् २०१६ को युरो च्याम्पियनसँगको बराबरीपछि कामाभिंगाले स्न्यापच्याटमा रोनाल्डोले प्रदान गरेको जर्सी सार्वजनिक गर्दै ‘म यो धुने छैन ।’ क्याप्सन लेखेका छन् । कामाभिंगाले रोनाल्डोलाई आइडल मान्दै कुनै एक समय स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने योजना बनाएका छन् । कामाभिंगा रियलको नजरमा रहेका छन् । आर्थिक मन्दीलाई ध्यानमा राख्दै यो समरमा रियलले कुनैपनि खेलाडी अनुबन्ध गरेको छैन । सोही कारण पनि कामाभिंगाको रियल यात्रा अर्काे समरसम्मको लागि लम्बिएको छ ।

पछिल्लो रिपोर्ट अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडल पल पोग्वाको विकल्पमा कामाभिंगालाई अनुबन्ध गर्ने योजना बनाएको छ । एमबाप्पेले रोनाल्डोसँगको तस्विरलाई सामाजिक सन्जालमा पोस्ट गर्दै ‘आइडल’ भनेर पोस्ट गरेका छन् । यही खेलमा रोनाल्डो र युवा स्टार केलियन एमबाप्पेबीचको दोस्रो हाफको खेल सुरु गर्नुअघिको संवाद निकै भाइरल भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE