“रोनाल्डो र मेस्सीलाई इन्टर मिआमी ल्याउन गार्हो छैन”:डेभिड बेक्ह्याम

फुटबल लिजेन्ड डेभिड बेक्ह्यामले मेस्सी र रोनाल्डोलाई आफ्नो क्लब इन्टर मिआमी ल्याउनु कठिन काम नभएको बताएका छन् । ‘जब हामीले मियामी क्लब स्थापनाको घोषणा गरेका थियौँ,त्यही बेला हामीले विश्वका उत्कृष्ट खेलाडीहरुलाई ल्याउनेबारे बहस गरेका थियौँ,

त्यो बेला हामीले मेस्सी,रोनाल्डो वा नेयमारलाई क्लबमा ल्याउने भन्नेबारे छलफल गरेका थियौँ’ तेही समयदेखि हामीसँग उत्कृष्ट खेलाडीहरुको कुरा जोडिरहेका छन् र मलाई लाग्दैन कि यो कठिन छ,किनकी यो एकदमै राम्रो ठाउँ हो’ बेक्ह्यामले भने । ‘वास्तवमा यो एउटा उत्कृष्ट शहर हो,मलाई लाग्छ हामीले राम्रो समर्थकहरु बटुलेका छौँ साथमा हामीसँग प्रतिभावान खेलाडीहरु छन्’ उनले थपे ।

WRITE COMMENTS FOR THIS ARTICLE