‘लकडाउन’मा के–के गर्न पाइन्छ ? यस्ता काम भए घरबाट बाहिर निष्कन पाइने !

सरकारले भोली चैत्र ११ गतेदेखि १८ गतेसम्म देशलाई लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेको नेतृत्वमा बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण उच्च स्तरिय समितिले आगामी दिनसम्म नागरिकलाई घरबाट निष्कन प्रतिबन्ध लगाएको हो ।

आइतबार फ्रान्सबाट आएको एक युवतीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि देशभर सन्त्रास फैलिएको थियो ।

सरकारले गरेको निर्णयको पहिलो बुँदामा ‘औषधी उपचार, खाध्य वस्तु खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निष्कन नपाइने’ भन्ने उल्लेख छ । औषधी उपचार गर्नका लागि वा खाध्यान्न किन्नका लागि भने घरबाट निष्कन पाइने छ ।

यद्धपी सार्वजनिक सवारी साधन नै नचलेपछि सर्वसाधरणलाई यसले निकै कठिन बनाउने छ । अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक कुनै पनि यात्रु बाहक सवारी साधनमा रोक लगाउने निर्णय पनि सरकारले गरेको छ ।

सुरक्षा निकायबाट तोकिएका बायुयान बाहेक सबै आन्तरिक उडान बन्द गर्ने निर्णय समेत सरकारले गरेको छ ।
यो पनि : अब घरबाट बाहिर निस्कन नपाइने, नेपाल पूर्ण रुपमा लकडाउन गर्ने सरकारको निर्णय

WRITE COMMENTS FOR THIS ARTICLE