लड्डु र चाकुको व्यापार असनदेखि सपिङ महलसम्म (फोटो फिचर)…

आज मकर संक्रन्तीको अघिल्लो दिन । मकर संक्रान्तीलाई माघे संक्रान्ती भन्ने गरिन्छ, यसलाई थारुजातीले माघी पर्वको रुपमा मनाउने गरेका छन् ।

माघे संक्रान्तीको दिन विभिन्न पवित्र नदिहरुमा गई स्नानगरी र पुजाआजा पश्चात घिउ, चाकु, तिलको लड्डु र कन्दमुल खाएर जाडोबाट बच्न सफल भएको भन्दै उत्सव मनाउने गरिन्छ ।

यस पर्बको छेकामा असन बजारमा चाकुको व्यापार भैरहेको देख्न सकिन्छ । अरु समय सामान्य तरकारी व्यापार गरेर बसेका मानिसहरु माघे संक्रान्तीको २ दिन अघिदेखि चाकु र तरुलको व्यापारमा लाग्ने गर्छन् ।

फोटो: राजेश पौडेल

 

WRITE COMMENTS FOR THIS ARTICLE