लालिगा: भालाडोलिडमाथि बार्सिलोनाको कठिन जित

लालिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० ले हराएको हो ।

बार्सिलोनाका लागिओसमान डेम्बेलेले ९०औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । यो जितसँगै बार्सिलोना २९ खेलबाट ६५ अंक बनाउँदैउपाधि होडमा नजिक पुगेको छ । शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट ६६ अंक मात्रै छ । अब लिगका ९ खेल खैल्न बाँकी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE