ला लिगा: अलाभेससँग बराबरीमा रोकियो बार्सिलोना…

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेससँग बराबरी खेलेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना १–१ गोलको बराबरीमा रोकिएको हो। बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले गोल गरे भने अलाभेसका लुईस रिओजाले गोल गरे। एक गोलले पछि परेको अवस्थामा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

यता खेलको ६२ औं मिनेटमा अलाभेसका जोटाले बार्सिलोनाका डिफेन्डर पिकमाथी फल गरेपछि उनी डबल यल्लो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित अलाभेस दबाबमा आउनेबित्तिकै बार्सिलोनाले त्यसको उपयोग गर्दै गोल गरेको थियो। तर जित निकाल्न भने असफल रह्यो।

बरबरीसँगै बार्सिलोना ६ खेलबाट ८ अंक बनाएर १२ औं स्थानमा छ भने अलाभेस समान ८ अंकका साथ १३ औं स्थानमा छ। सिजनको सुखद सुरुवात गरेको बार्सिलोनाले दुई हार र दुई बरबरी खेलेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE