ला लिगा: आज एट्लेटिको मड्रिड र सेल्टा भिगो भिड्दै…

ला लिगा फुटबल अन्तर्गत आज एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग भिड्दै छन् । एट्लेटिकोले घरेलु मैदानमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ । घरेलु मैदानमा एट्लेटिको सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । एट्लेटिको १९ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शीर्ष स्थानमा एट्लेटिकोको ७ अंकको अग्रता रहेको छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक रहेको छ । सेल्टा पनि एट्लेटिकोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । सेल्टा २५ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE