ला लिगा: आज एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्दै बार्सिलोना…

ला लिगा फुटबलमा बार्सिलोनाले आज एथ्लेटिक क्लबसँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ । बार्सिलोना आजको खेलमा जित निकाल्दै अंकतालिकाको शीर्ष तीनमा उक्लने योजनामा छ ।

लिगमा १९ खेल खेलेको बार्सिलोना ३७ अंकसहित तालिकाको चौथो स्थानमा छ । तेस्रो स्थानमा रहेको सेभियाको ३९ अंक रहेको छ । एथ्लेटिक पनि आजको खेलमा जित निकाल्दै तालिकाको आठौँ स्थानमा उक्लने योजनामा छ । लिगमा १९ खेल खेलेको एथ्लेटिक २४ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE