ला लिगा: आज बार्सिलोना र रियल भालाडोलिड प्रतिस्पर्धा गर्दै…

स्पेनिस  फुटबलअन्तर्गत आज  बार्सिलोनाले रियल भालाडोलिडसँग प्रतिस्पर्धा गर्दै छ । लिगमा पछिल्लो समय कमजोर बनेको बार्सिलोनाले भालाडोलिडसँग प्रतिस्पर्धा गर्न लागेको हो । भालाडोलिडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति २:४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् ।

लिगमा १३ खेल खेलेको बार्सिलोना २१ अंकसहित तालिकाको पाँचौं स्थानमा छ । आजको खेलमा जित निकाल्दै बार्सिलोना लिगमा आफूलाई बलियो बनाउने योजनामा छ । यदि बार्सिलोना आजको खेलमा पराजित भए लिगमा आफूलाई कमजोर बनाउनेछ । बार्सिलोना लिगमा बलियो बन्न आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा छ ।

यता रेलिगेसन जोनमा रहेको भालाडोलिड आजको खेलमा जित निकाल्दै आफूलाई रेलिगेसन जोनबाट माथि उकास्ने योनजामा छ । आजको खेलमा जित निकाल्न सके भालाडोलिड तालिकाको ११औं स्थानमा उक्लनेछ । हाल भालाडोलिड १४ अंकसाथ तालिकाको १८औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE