ला लिगा: आज मड्रिड डर्बी…

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडबीचको खेल आज (शनिबार) राति हुँदैछ । सिजनको पहिलो मड्रिड डर्बी आज हुन लागेको हो । यो सिजनको उपाधि दावेदार समेत रहेको एट्लेटिकोले रियससँग खेल्न लागेको हो । रियलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ः४५ मा सुरु हुनेछ ।

हालसम्म लिगमा अपराजित भएको एट्लेटिको आजको खेलमा जित निकाल्ने योजनामा रहेको छ । लिगमा १० खेल खेलेको एट्लेटिको २६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेका एट्लेटिको आफूलाई बलियो बनाउने भएको छ । यता रियल पनि आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा रहेको छ । रियल ११ खेलमा २० अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । आजको खेलमा जित निकाल्न सकेमा रियल तालिकाको एक स्थान माथि उक्लने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE