ला लिगा: आज रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै…

ला लिगा फुटबल अन्तर्गत आज रियल मड्रिड र एथ्लेटिको मड्रिड भिड्दै छन् । खेल एथ्लेटिको मड्रिडको घरेलु मैदानमा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । एथ्लेटिको २४ खेलबाट ५८ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाले २६ खेलबाट ५६ अंक जोड्दा तेस्रो स्थानको रियल मड्रिडले २५ खेलबाट ५३ अंक जोडेको छ ।

ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिड १६७ पटक आमनेसामने भएका छन् । जसमा रियलले ८९ र एथ्लेटिको ३९ खेलमा विजयी हुँदा ३९ खेल बराबरीमा सकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE