ला लिगा: इबरमाथि रियल मड्रिडको २-० को जित, लिगको दोस्रो स्थानमा

ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले इबरमाथि २-० को जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा रियलका लागि खेलको ४१ औं मिनेटमा एसेन्सिओले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले रहेको रियलका लागि दोस्रो हाफमा करिम बेञ्जेमाले खेलको ७३ औं मिनेटमा गोल गरे।

जितसँगै रियल दोस्रो स्थानमा प्रवेश गरेको छ। रियलले २९ खेलबाट ६३ अंक जोडेको छ भने शीर्षस्थानको एट्लेटिकोले २८ खेलबाट ६६ अंक जोडेको छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE