ला लिगा: इबारसँग १–१ गोलको बराबरीमा रोकियो बार्सिलोना…

ला लिगा फुटबल अन्तर्गत बार्सिलोना इबरसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो । खेलमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता लिएकोमा बार्सिलोनाका लागि उसमान डेम्बेलेले १० मिनेटपछि गोल गर्दै खेल बराबरी गरेका थिए ।

यस खेलमा ८औ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टी मार्टिन ब्रेथवेटले मिस गरेका थिए । यस खेलमा लियोनेल मेसी बिना खेलेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

यस खेलपछि बार्सिलोना १५ खेलपछि २५ अंक हासिल गरेको छ भने लिगमा छैठौ स्थानमा रहेको छ । त्यस्तै इबरको १६ खेलमा १६ अंकसहित १५औ स्थानमा रहेको छ ।

Barcelona vs Eibar - LaLiga: Barcelona ratings vs Eibar: Dembele was the only spark | MARCA in English

 

WRITE COMMENTS FOR THIS ARTICLE