ला लिगा: एट्लेटिको मड्रिड सेभियासँग १-० गोलले पराजित

ला लिगा फुटबल अन्तर्गत एट्लेटिको मड्रिड सेभियासँग पराजित भएको छ। गएराति भएकाे खेलमा एट्लेटिको मड्रिड घरेलु टिम सेभियासँग १-०ले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सेभियाले ७० औं मिनेटमा अग्रता बनाएको थियो। सेभियाको जितमा निर्णायक गोल मार्कस अकुनाले गरे।

२९ खेल खेलेका एट्लेटिको मड्रिड र रियल मड्रिड क्रमश ६६ र ६३ अंक जोड्दै तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै २८ खेल खेलको बार्सिलोना ६२ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE