ला लिगा: एट्लेटिको म्याड्रिड घरेलु मैदानमै ८ औं स्थानको लेभान्टेसँग स्तब्ध …

ला लिगा फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको एट्लेटिको म्याड्रिड ८ औं स्थानको लेभान्टेसँग घरेलु मैदानमै स्तब्ध भएको छ।  लेभान्टेसँग एट्लेटिकोले २–० गोलअन्तरको हार खाएको हो। पहिलो हाफको ३० मिनेटमा मोरालेसको गोलमार्फत लेभान्टेले अग्रता बनाएको थियो। पहिलो हाफमा एट्लेटिकोलाई दबाबमा राखेको लेभान्टेले दोस्रो हाफमा भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन।

खेलको इन्ज्युरी समयमा एट्लेटिकोका गोलकिपर जे ओब्लाक पोस्ट छाडेर गोल गर्नगएपछि रित्तो पोस्टमा लेभान्टेका खेलाडीले मैदानको बीच भागबाटै सुन्दर गोल गरेका थिए। जारी लिगमा एट्लेटिकोको यो दोस्रो हार हो।

WRITE COMMENTS FOR THIS ARTICLE