ला लिगा: एथलेटिक बिल्बाओमाथि बार्सिलोनाको जित, जितसँगै तालिकाको तेस्रो स्थानमा…

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना विजयी भएको छ । सान ममेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले एथलेटिक बिल्बाओमाथि ३-२ गोल अन्तरको जित निकालेको हो । रोचक बनेको खेलको पहिलो तेस्रो मिनेटमै बिल्बाओले अग्रता लिएको थियो । बिल्बाओको लागि इनकी विलियम्सले पहिलो गोल गरेका थिए । खेलको १४ मिनेटमै बार्सिलोनाका लागि पेड्रो गोञ्जालेजले गोल गर्दै खेल बराबरीमा फर्काए ।

सुरुवाती अग्रता लिएको बिल्बाओमाथि दबाब सिर्जना गरेको बार्सिलोनाका लागि खेलको ३८ औं मिनेटमा गोञ्जालेजकै पासमा कप्तान लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा २-१ ले अग्रता लिएको बार्सिलोनाका लागि दोस्रो हाफमा मेस्सीले थप एक गोल गरे । खेलको ६२ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

मेस्सीले दुई गोल गरेसँगै ३-१ गोल अन्तरले अग्रता लिएको बार्सिलोनामाथि बिल्बाओका इकेर मुनिऐनलले खेलको अन्तिम मिनेटमा गोल गर्दै खेल ३-२ गोल अन्तरमा फर्काए । यो जितसँगै १७ खेलबाट ३१ अंक बनाउँदै बार्सिलोना तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बिल्बाओले १८ खेल खेल्दै २१ अंक बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE