ला लिगा: एल्चेलाई ३-१ गोलले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा एट्लेटिको मड्रिड…

स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत एट्लेटिको मड्रिडले जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले पाहुना टोली एल्चेलाई ३-१ गोलले पराजित गरेको हो ।

एट्लेटिको मड्रिडको जितमा ४१ औं र ५८ औं मिनेटमा लुइस स्वारेजले र ८० औं मिनेटमा पेनाल्टीमार्फत डिएगो कोस्टाले गोल गरे । यस्तै ६४ औं मिनेटमा लुकास बोएले गोल गर्दा उनको गोल एल्चेका लागि सान्त्वना गोल हुन पुग्यो । जितसँगै एट्लेटिको मड्रिड तालिकाको शीर्ष स्थानमा रहेको छ । उसको १२ खेलबाट २९ अंक छ । यस्तै एल्चेको १२ खेलबाट १४ अंक रहँदा १५ औं स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE